काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै प्रतिनिधिसभामा सरकारको विरोध गरेको छ। सभामुखको भुमिका माथी प्रश्न उठाउँदै लगातार संसद अवरोध गरिरहेका एमाले सांसदहरूले सोमबार पनि जारी राखे।
तर सोमबार भने बुटवलस्थित मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाबारे नाराबाजी गरे। उनिहरुले सदनमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ लगायतका नारा लगाएका हुन्।
आइतबार रुपन्देहीको मोतिपुर क्षेत्रमा प्रहरी र अतिक्रमणकारीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो। केही सुरक्षाकर्मीसहित ३० बढी घाइते भएका छन्।