शनिवार, कार्तिक ८ गते २०८३

कास्की जिप दुर्घटना: ८ जनाको मृत्यु भएको पुष्टि

सोमवार , आश्विन २५, २०७८

पोखरा । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना सामान्य घाइते भएका छन् ।

पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

मृतकको शव पोखरा ल्याइँदै गरेको उनले बताए । दुर्घटनाको कारण र मृतकको परिचय भने खुलिसकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार