शुक्रवार, कार्तिक ७ गते २०८३

बाँकेको राप्ती सोनारीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

मंगलवार , आश्विन २६, २०७८

काठमाडौं। बाँकेको राप्ती सोनारीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। काठमाडौंबाट बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले सोमबार साँझ ठक्कर दिंदा राप्तीसोनारी-८ बालापुर की २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको  हो।

राप्तीसोनारी-८ परुवाखोला नजिक पैदल हिंडिरहेका चन्द्रा र गीताको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए। घटनाको विरोधमा पीडित पक्षले केहीबेर पूर्वपश्चिम राजमार्गअन्तर्गत शमसेरगञ्जमा राजमार्ग अवरुद्ध पारेका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार