आइतवार, कार्तिक ९ गते २०८३

नेपालीको योजनामा बैंक लुट्न भारतिय प्रयोग, २१ लाख ७० हजार बढी लुटियो

मंगलवार , आश्विन २६, २०७८

काठमाडौं। मोरङमा बै.क लुट्न नेपालीको योजनामा भारतिय प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। लुटपाटको घटनाको मुख्य योजनाकार विराटनगर  महानगरपालिका-३ मुनालपथका ३२ वर्षीय श्याम मुखिया भएको र अन्य भारतीय नागरिकलाई उनले नै बोलाएको प्रहरीले बताएको छ।

हतियारसहित आएको समूहले मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखा लुटपाटको योजना श्याम मुखियाले बनाएको र लुटपाटमा ७ भारतीय नागरिक प्रयोग भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

बैंकको सो शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ भेटिएको छैन। सो रकम लुटेरा समूहले नै लुटेर लगेको निष्कर्षमा प्रहरी प्रशासन पुगेको छ। सोमबार साँझसम्म बैंकले लुटपाटको असफल प्रयास भएको बताएको थियो। तर बैंकमा भएको पैसाको हिसाब गर्दा लुटेरा समूहले पैसा लगेको पुष्टि भएको हो। 

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार बैंकले २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटिएको जानकारी गराएको छ। प्रहरीका अनुसार चारवटा मोटसाइकलमा ८ जनाको समूह आएको थियो। ती मध्ये एउटा मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन्।

लुटपाटमा प्रयोग भएको पेस्तोल पनि भेटिएको छ। लुटेराले चलाएको गोली लागेर बैंकका सुरक्षागार्ड ३७ वर्षीय शितल कुँवर घाइते भएका छन्। कुँवरको घाँटीको पछाडिपट्टी भन्दा केही तल लागेको छ।

पक्राउ पर्नेमा मुखियासहित भारतको अररिया जिल्लाको शिवपुरका सुनिल यादव र विजय बहरदार छन्। पक्राउ परेका बहरदारको तिघ्रामा गोली लागेको छ। उनलाई आफ्नै समुहले चलाएको गोली लागेको हो। घाइतेलाई लिएर भाग्दै गर्दा सीमावर्ती क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार