शुक्रवार, कार्तिक ७ गते २०८३

पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

मंगलवार , आश्विन २६, २०७८

काठमाडौं। दशैँको पिङ बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। सोमबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका–६ माण्डुमा दशैँका लागि लिङ्गे पिङ हाल्ने क्रममा पिङको लठ्ठा बाँध्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो।

प्रहरीका अनुसार लडेर घाइते भएका लामालाई तत्काल उद्धार गरी अस्पताल लगिएकोमा उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो। चाडपर्वसंगै दुर्घटनाहरु पनि बढेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार