शुक्रवार, कार्तिक ७ गते २०८३

दशैंको सुभकामना दिँदै पुवराजा ज्ञानेन्द्रले भने, राजसंस्थाबिनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुँदैन

मंगलवार , आश्विन २६, २०७८

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले फुलपातीको दिन वडादशैँको सुभकामना दिएका छन्। उनले मंगलबार दशैँको अवसरमा सुभकामना जारी गर्दै नेपालजस्तो मुलुकमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने आफूले बोध गरेको बताएका छन्। 

देशको वर्तमान राजनीतिक अवस्थाप्रति पनि उनले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनको शुभकामना सन्देशमा पूर्वराजाले भनेका छन्, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न वाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं ।’

देशको राजनीतिक व्यवस्था आफू र आफ्नो समूह तथा त्यसभित्रको गुट र उपगूटमा अल्झिएको पूर्वराजाको टिप्पणी छ। कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तरसम्बन्धित हुने भन्दै शाहले त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नुपर्ने उल्लेख गरेका छन्। 

देशको सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म–संस्कृति संकटमा पार्ने, राष्ट्रहितमा केन्द्रित हनुपर्ने परराष्ट्र नीति असन्तुलित भइ राष्ट्रिय सु्रक्षा स्वार्थमा चुनौती थपिएकाले आफ्नो मन पोलेको उनले बताएका छन्। 

gyanendra-dashain-suvakamana.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार