शुक्रवार, कार्तिक ७ गते २०८३

दशैँको बीचमा घट्यो अप्रिय घटना, दशैँ मनाउन घर हिँडेका २२ जनाको मुगुमा बस दुर्घटनामा परी मृत्यु

मंगलवार , आश्विन २६, २०७८

काठमाडौं। मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मंगलबार छायानाथ रारा नगरपालिका-७ मा बस दुर्घटना भएको हो। बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरी निरीक्षक जीवन लामिछानेले बताए। लामिछानेका अनुसार गाडीमा ३९ जना सवार थिए।

२२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। उनका अनुसार बस क्षतविक्षप्त अवस्थामा छ। उनले घाइतेहरूलाई दुर्घटनास्थलबाट उद्धार गरी अस्पताल लग्ने काम भैरहेको र बाँकी विवरण आउन बाँकी रहेको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार