काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले चाड पर्वका बेला सवारी दुर्घटनाका घटना बारम्बार दोहोरिरहेकाले नियामक निकाय तथा सेवा प्रदायकहरुले सतकर्तता अपनाउनुपर्ने बताएकी छन्।
मंगलबार राति अबेर ट्विट गर्दै राष्ट्रपति भण्डारीले केही दिन यता धेरै जनधनको क्षति हुने गरी सडक दुर्घटना भएकाले यस्ता घटना दोहोरिन नदिन नियामक निकाय, सेवाप्रदायक तथा सेवाग्राहीले सतर्कता अपनाउनुपर्ने बताएकी हुन्।
राष्ट्रपति भण्डारीले मुगु, सिन्धुपाल्चोक, अछाम, स्याङ्जा, डढेल्धुरा, कास्कीलगायत विभिन्न ठाउँमा भएको दुर्घटनामा धेरै सर्वसाधरणले ज्यान गुमाउँदा आफू मर्माहत भएको बताएकी छन्। साथै, घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेकी छन्। मंगलबार मात्रै मुगुमा बस दुर्घटना हुँदा ठुलो जनधनको क्षत्रि भएको छ।