आइतवार, कार्तिक ९ गते २०८३

दशैँ मनाउन घर जाँदा मुगुमा दुर्घटनामा परी ज्यान गुमाउने ३२ जना यी हुन्

बुधवार , आश्विन २७, २०७८

काठमाडांै। मुगु बस दुर्घटनामा परेका ३२ जना मृतकको सनाखत भएको छ। मंगलबार छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो। 

दुर्घटनामा परी घटनास्थलमा २४ जनाको मृत्यु भएको थियो। चार जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। उपचारको लागि पठाइएका १६ जना घाइते मध्येबाट पछि थप चार जनाको मृत्यु भएको थियो। मृत्यु हुनेहरू अधिकांश छायानाथ रारा नगरपालिकाकै छन्।

मृतक सूचीः
१) मुगु छायानाथ रारा नगरपालिका वडा ७ भुईर बस्ने लाल बहादुर सेजुवालकी अन्दाजी १९ वर्षीया छोरी लग्न  सेजुवाल
२)  लग्न सेजुवालका २ वर्षीय छोरा। नाम खुल्न बाकीँ
३)  वडा ७ बस्ने जयकला बमकी अन्दाजी २० वर्षीया छोरी मनदेवी बम 
४)  वडा १० झारकोट बस्ने दिर्घ बुढाकी छोरी अन्दाजी १८ वर्षीया पुजा बुढा
५)  वडा ८ झ्यारी बस्ने कुशलाल वितालुका ३३ वर्षीय छोरा प्यारी वि.क
६)  वडा ८ सिगाडी बस्ने २२ वर्षीय सन्तोष वितालु
७)  वडा १२ सोभा बस्ने नरविर साउँदका २२ वर्षीय छोरा छाँता साउँद
८)  वडा ८ बस्ने ३५ वर्षीय चालक दानबहादुर रावल 
९)  वडा १० चराप बस्ने मानबहादुर खड्काकी २० वर्षीया छोरी सरिता खड्का
१०) वडा १४ बाम बस्ने विर्ष सिंह बुढाका २२ वर्षीय छोरा कर्ण सिंह बुढा
११) सोरू गाउँपालिका वडा ३ भि गाउँ बस्ने मानबहादुर कुमालका २५ वर्षीय छोरा मनरूप कुमाल 
१२) छाँयानाथ रारा वडा १ बस्ने २३ वर्षीया चन्द्रादेवी मल्ल
१३)  वडा ६ बालै बस्ने अंख भामकी १९ वर्षीया छोरी राममाया भाम
१४)  वडा १० बस्ने बद्रिराम साउदका १८ वर्षीय छोरा अम्मर साउँद
१५)  वडा ११ रोवा बस्ने दानबहादुर बुढाका २२ वर्षीय छोरा प्रकाश बुढा 
१६)  वडा ५ कार्किबाडा बस्ने २९ वर्षीय अजय कार्की
१७)  वडा ५ बस्ने प्रेम बहादुर रावतकी ३२ वर्षीया श्रीमती कमला वि.सी ( रावत )
१८)  वडा १० ज्युला बस्ने कृष्ण वि.कका २२ वर्षीय छोरा सुनबहादुर वि.क
१९)  वडा १४ सुम्ली बस्ने दानसिंह बुढाका १९ वर्षीय छोरा शिव बुढा 
२०)  वडा ७ तोप्ला बस्ने श्रीबहादुर शाहीकी २१ वर्षीया छोरी अमृता शाही
२१)  वडा ७ बस्ने मृतक अमृता शाहीका ४÷५ वर्षीय छोरा। नाम खुल्न बाँकी
२२)  वडा १४ सुम्ली बस्ने रुपकन्य कार्कीका २० वर्षीय छोरा रूपसिंह कार्की 
२३)  वडा ७ तोप्ला बस्ने २२ वर्षीय महेन्द्र शाही 
२४)  बाँके राझाँ बस्ने लक्ष्मी स्वर्णकारका २२ वर्षीय प्रदिप स्वर्णकार
२५)  छाँयानाथ रारा वडा १का १८ वर्षीय चन्द्रप्रकाश भाम 
२६)  वडा ७ बस्ने १२ वर्षीय आदित्य विक्रम शाह 
२७)  वडा ८ बस्ने २८ वर्षीय टोपबहादुर विष्ट 
२८)  सोरू गाउँपालिका वडा ८ बस्ने २३ वर्षीय आईत सिंह कामी 
२९)  छायानाथ रारा वडा ८ झ्यारी बस्ने ३३ वर्षीया भगवती चन्द
३०)  वडा ७ बस्ने धर्म बुढाका १६ वर्षीय सस्मिता बम
३१) वडा १४ बस्ने तेज बहादुर भण्डारीका १८ वर्षीय छोरा बसन्त भण्डारी 
३२) वडा ८ सिकाढी बस्ने बाचे बुढाका १८ वर्षीय छोरा नविन बुढा

प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार बसको टायर पन्चर भएर दुर्घटना भएको हो। अगाडि चालक बस्ने पट्टीको टायर पन्चर भएर दुर्घटना भएको उनले बताएका थिए। ओभरलोड र सडकका कारण पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

सो बसमा ४६ जना सवार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। त्यसमध्ये ढोकामा बसेका एक जनाले हाम्फालेर ज्यान जोगाएको प्रहरी निरीक्षक लामिछानेले बताए। उनीहरूको सनाखत भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए। 

१६७ नम्बरको बस मंगलबार दिउँसो करिब पौने २ बजे दुर्घटनामा परेको थियो। बस सडकबाट २०० देखि २५० मिटर तल खसेको थियो। दुर्घटनामा पर्दा १३ जना घाइते भएका थिए।

एक जना बालिकाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ। बाँकीको नेपालगन्जमा उपचारत छन्। उनीहरू खतारमुक्त भइसकेको प्रहरीले जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार