काठमाडौं। नेपाल साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ। माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १(१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो।
सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन। पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो। मालेस्थित नेशनल स्टेडियममा भएको खेलका नेपालले नवौं मिनेटमा नै गोल खाएको थियो। कर्नरको बलमा सुमन रेजाले हेड गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो फमा नेपालले गोल फर्काउने प्रयास गरेपनि सफल भएन। दोस्रो हाफमा बंगलादेशले केही रक्षात्मक खेल खेल्यो।
खेलको ८२औं टिनिङ प्वाइन्ट रह्यो। वान भर्सेस वानमा रहेका नेपाली खेलाडीले फल गरेपछि बंगलादेशी गोलरक्षक जिकोले रातो कार्ड पाए। १० खेलाडीमा झरेको बंगलादेश दबावमा आयो र अञ्जन विष्टलाई डिबक्स एसियामा नै लडाउन पुगे। नेपालले पेनाल्टी पायो, जसमा अञ्जनले नै सहजै गोल गरे।
बराबरीसँगै ७ अंक जोडेको नेपाल फाइनलमा पुगेको छ भने बंगलादेश समूह चरणबाटै बाहिरिएको छ। अब उपाधिका लागि नेपालले भारत र माल्दिभ्स मध्ये एकसँग खेल्नेछ। यो दुई टोलिबीच समूह चरणकै अन्तिम खेल बुधबार हुनेछ।
फाइनलमा स्थान बनाउन माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जित्नै पर्ने दबाव छ।