काठमाडौं। माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधीका लागी नेपाल र भारत भिड्ने भएका छन्। माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा गएराति भएको खेलमा भारतले माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेपछि उपाधीका लागी नेपालर भारत भिड्ने भएका हुन्।
यसअघि बुधबार भएको खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोक्दै पहिलोपटक नेपाल फाइनलमा पुगेको थियोे। बुधबार राति ९ः४५ बजे भएको भारत र माल्दिभ्सबीचको खेलमा भारत ३-० ले विजयी भएको हो। फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८ः४५ मा हुनेछ।