शुक्रवार, कार्तिक ७ गते २०८३

आज पहाडी भू-भागमा मौसम बदली हुन, यी स्थानमा वर्षाको सम्भावना

बिहिवार , आश्विन २८, २०७८

काठमाडौ। आज देशका विभिन्न पहाडी भू–भागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभए पनि बिहीबार बिहान पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको जनाएको छ।

दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ। अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती  प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशको प्रदेश १, प्रदेश २, बागमती तथा बांकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार