बिहिवार, आश्विन १५ गते २०८३

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्दा प्रधानमन्त्रीले दिए बधाई

बिहिवार , आश्विन २८, २०७८

काठमाडौं। नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्दा प्रधानमन्त्री शेरबहादुर देउवा समेत खुसी देखिएका छन्। उनले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गरेका छन्। 

बुधबार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो। बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटमार्फत नेपाली टिमलाई बधाई दिएका हुन्। उनले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गरेका हुन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार