बिहिवार, आश्विन १५ गते २०८३

नर्वेमा एक व्यक्तिले गरेको तीर आक्रमणमा पाँचजनाको मृत्यु, दुई घाइते

बिहिवार , आश्विन २८, २०७८

काठमाडौं। नर्वेमा एक व्यक्तिले अन्धाधुन्ध तीर आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ। आक्रमणमा अन्य दुईजना घाइते भएका छन्।

३७ वर्षीय एक व्यक्तिले बुधबार साँझ राजधानी ओस्लोबाट दक्षिण–पश्चिममा रहेको कोंग्सबर्गमा अन्धाधुन्ध तीर आक्रमण गरेर ५ जनाको हत्या गरेका हुन्। उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन्।

ती व्यक्तिले किन आक्रमण गरे भन्ने अहिलेसम्म नखुलेको प्रहरीले बताएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। आक्रमणमा परी मृत्यु भएका व्यक्तिको शव सुपरमार्केटमा भेटिएको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार