काठमाडौं। गुल्मीमा जीप दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका छन्। गुल्मीको रेसुंगा नगरपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुको साथैे ६ जना घाइते भएका छन्। दशैं मनाउन बुटवलबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेकाहरु थिए।
मृत्यु हुनेहरुमा गुल्मीको मुसिकोट नगरपालिकाका दुई महिला र एक पुरुष छन्। गुल्मीको मुसिकोट नगरपालिका २ जलजला बस्ने ७० वर्षीय क्षेत्र बहादुर थापा, सोही ठाउँकी ४० वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका ३ नेटाकी १९ वर्षीया संगीता सुनार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
उनीहरु तीनै जनाको उपचारको क्रममा मृत्यु भएको हो। लु १ ज ४४९० नम्बरको जिप गएराति ११ बजेतिर रेसुंगा नगरपालिका-१० छहरा भन्ने स्थानमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थिया । दुर्घटनामा जिप चालकसहित ६ जना घाइते भएका छन्।
घाइते हुनेहरुमा जिप चालक मुसिकोट नगरपालिका-२ जलजलाका २६ वर्षीय कमल थापा, सोही ठाउँका ४३ वर्षीया खिमा थापा, ३८ वर्षीया जुना थापा र ३६ वर्षीय राजु थापा छन्। यसैगरी मुसिकोट नगरपालिका–३ नेटा बस्ने ४७ वर्षीया सुमित्रा सुनार र चितवनको भरतपुर नगरपालिकाकी ५० वर्षीया राधा केसी पनि दुर्घटनामा घाइते भएका छन्।