काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)-२०२१ को उपाधि चेन्नाइ सुपर किंग्सले हात पारेको छ। गएराति दुबईमा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नाईले उपाधि उचालेको हो।
यससँगै चेन्नाइले आईपीएलको चौथो पटक उपाधि जित्न सफल भयो। शुक्रबार भएको फाइनल खेलमा कोलकातासामु १९३ रनको विजय लक्ष्य थियो। तर उसले पूरै २० ओभर खेल्दा १६५ रन मात्र बनाउन सक्यो।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नाईले फाफ डु प्लेसीको ८६ रन योगदानमा केबल ३ विकेटको क्षतिमा १९२ रन बनाएको थियो।