बिहिवार, आश्विन १५ गते २०८३

भोलीदेखि मौसम परिवर्तन हुने, यस्तो छ चट्याङ र वर्षाको सम्भावना

शनिवार , आश्विन ३०, २०७८

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि मौसम बदली भई देशका विभिन्न भेगमा भीषण वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ।

विशेष बुलेटिन जारी गर्दै महाशाखाले आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको हो। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको पनि सम्भावना रहेको बताएको छ।

भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले  शनिवारबादेखि नेपालमा आंशिकदेखि सामान्य बदली हुने बताएको छ।

महाशाखाका अनुसार दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक(दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेश सामान्य बदली रही अन्य भू(भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार