काठमाडौं। माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत भारतविरुद्धको फाइनलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ‘डगआउट’ मा बस्न नपाउने भएका छन्।
दुई पहेलो कार्डको कारण अल्मुताइरीले टेक्निकल एरियामा बस्न नपाउने भएका हुन्। प्रशिक्षक अल्मुताइरीले लिग चरणमा श्रीलंका र बंगलादेशविरुद्ध पहेलो कार्ड पाएका थिए।
भारतका इगोर स्टिमेक पनि ‘डगआउट’ हुने छैनन्। उनले माल्दिभ्सविरुद्धको खेलमा रातो कार्ड पाएका थिए। यस्तै नेपालका फरवार्ड अन्जन विष्टले समेत भारतविरुद्धको फाइनल खेल गुमाउने छन्। दुई पहेलो कार्डकै कारण अन्जनले फाइनल गुमाउने भएका हुन्। अन्जनले भारतविरुद्ध र बंगलादेशविरुद्धको खेलमा पहेलो कार्ड पाएका थिए।