काठमाडौं। काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेश र प्रदेश १ र २ मा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बिहानदेखि पानी परीरहेको छ। केहीबेर पानी पर्न रोकिए पनि दिउँसो पछि फेरि पानी पर्ने सम्भावना रहेको मौसमपुर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा भोलि ठूलो वर्षाको सम्भावना रहेको छ। भोलि देशैभर पानी पर्ने अनुमान छ। भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले केही दिनसम्म नै पानी पर्ने मौसमविद्ले बताएका छन्।
केही ठाउँमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने भएकाले सतर्कता अपनाउन समेत भनिएको छ।
यस्तै, हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना छ। आज भन्दा भोलि हिमाली जिल्लामा हिमपातको सम्भावना धेरै रहेको महाशाखाले जनाएको छ।