काठमाडौं। आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुने भएको छ। प्रतियोगिता युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुन लागेको हो। विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन्।
जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्।
विश्वकप प्रतियोगिताको पहिलो दिन आइतबार पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुने तालिका छ। ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ। यो पहिलो खेल ३ः४५ बजे सुरु हुनेछ।
त्यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। बंगलादेश र स्कटल्याण्डबीचको खेल ७ः४५ बजे सुरु हुनेछ।