शुक्रवार, कार्तिक ७ गते २०८३

मेलम्ची-इन्द्रावती : अस्थायी रुपमा बनाइएको सडकपनि अवरूद्ध

आइतवार , आश्विन ३१, २०७८

काठमाडौं। मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटो पुनः अवरुद्ध बनेको छ। गए राति भएको वर्षाका कारण मेलम्ची बाढीपछि बनाइएको अस्थायी मोटरबाटोमा क्षति पुगेको हो।

असार १ र साउन १६ मा आएको बाढीले सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखेर सडक सञ्चालनमा ल्याइएको थियो। पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी अस्थायी मोटरबाटो बनाइएकोे थियो। मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको स्थानियले बताएका छन्।

स्थानियका अनुसार मेलम्ची दुवोचौर जोड्ने फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार