बिहिवार, आश्विन १५ गते २०८३

भेटिएको रकम फिर्ता गरेका इमानदार चालकलाई उल्टै धम्की र खिसीटिउरी

आइतवार , आश्विन ३१, २०७८

काठमाडौं। भेटिएको रकम फिर्ता गरेका एक इमानदार चालकले धम्की र अपमान सहनु परेको छ। राम्रो काम गर्दा उल्टै अपमान सहने युवा हुन्, लाइबेरियाका १८ वर्षका एमानुएल टुलो। उनले एक प्रतिष्ठित महिला उद्यमीको रकम फेला पारेर फिर्ता गरेका थिए। 

मोटरसाइकल चालक टुलोले आफ्नो उक्त कदमका लागि खिसीटिउरी बेहोर्नु परेको बताएका छन्। १८ वर्षका एमानुएल टुलोले उक्त रकमकी धनी मूसू यान्सीले रेडियोमार्फत् गरेको अपिल सुनेर ५० हजार डलर अर्थात् ५९ लाख ९७ हजार रुपैयाँ फिर्ता गरेका थिए।

यान्सीको अपिल नसुनुन्जेल टुलोले प्लास्टिकमा पोको पारिएको उक्त रकम टिपेर आफ्नी काकीलाई सुरक्षित राख्न दिएका थिए। ती महिलाले उनलाई केही रकम र डसना उपहार दिएकी थिइन्। उक्त डसना आफ्नी हजुर आमालाई उपहार दिने टुलोले बताएका छन्।

यान्सीकै घरमा रकम भेटिएको खुसीयालीमा आयोजित भोजमा आफूलाई धम्की दिइएको उनले बताएका छन्। उनले आफ्ना कम साथीहरूले मात्रै इमानदारी प्रदर्शन गरेको भन्दै आफ्नो प्रशंसा गरेको सुनाए। उनले केही व्यक्तिहरुले आफुलाई खीसीटिउरी गर्नुको साथै आफ्नो कदमको विपक्षमा रहेका व्यक्तिहरूले आफूलाई धम्काइरहेको पनि बताएका छन्।

टुलोले जीविकोपार्जनका लागि मोटरसाइकलमा यात्रु बोक्दै आएका थिए। सडकमा मोटरसाइकल बिग्रँदा उनका साथीहरूले पैसा फिर्ता नगरेको भए हुने भन्दै गिज्याउने गरेका छन्। ति व्यक्तिहरुले उनलाई आफ्नो जीवनकालमा धनी बन्न नसक्ने भनेर हेप्ने गरेको बीबीसीले उल्लेख गरेको छ। 

तर त्यस्तो हेपाइलाई आफूले व्यवस्थापन गरिरहेको भन्दै आफ्नो कदमलाई लिएर पश्चातापको अनुभूति नभएको उनले बताएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार