शुक्रवार, कार्तिक ७ गते २०८३

गाँउले युवकसंग अवैध सम्वन्ध, आपत्तिजनक अवस्थामा देखेपछि श्रीमानको हत्या

आइतवार , आश्विन ३१, २०७८

काठमाडौं। श्रीमतीको अवैध सम्वन्धका कारण श्रीमानले ज्यान गुमाउनु परेको छ। कैलालीको धनगढी उप-महानगरपालिका-७ बेलीमा श्रीमतीले अवैध सम्वन्ध रहेका युवकसंग मिलेर श्रीमतीको हत्या गरेको खुलेको छ।

शनिबार बिहान मृत भेटिएका २५ वर्षीय रमेश चौधरीको हत्या उनकै श्रीमती २७ वर्षीया अमृता चौधरी र स्थानीय २९ वर्षीय विष्णु चौधरीले गरेको खुलेको प्रहरीले जनाएको छ। कैलाली प्रहरीले रमेशको हत्यामा संलग्न अमृता र विश्णुलाई पक्राउ गरेको जनाएको छ।

कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार अमृता र विश्णुबीच लामो समयदेखि अवैध सम्बन्ध रहेको कुरा रमेशलाई जानकारी रहेछ। शुक्रबार राति उनीहरूलाई घर नजिकै आपत्तिजनक अवस्थामा फेला पारेपछि रमेशले विश्णुलाई कुटपिट गर्दा प्रतिकारमा दुवै जना मिलेर उनको हत्या गरेका हुन्।

विष्टका अनुसार दुई जनाले रमेशको घाँटी थिचेर हत्या गरी शव करिब डेढ सय मिटर टाढा खुटिया नदीतर्फ फालेका थिए। रमेशका परिवारले अमृता र विश्णुको नाममा किटानी जाहेरी दिएपछि उनिहरु पक्राउ परेका हुन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार