सोमवार, श्रावण २५ गते २०८३

लोकसेवा आयोगले यी युवकलाई किन राख्यो कालोसूचीमा?

आइतवार , आश्विन ३१, २०७८

जनकपुरधाम । प्रदेश २ को लोकसेवा आयोगले महोत्तरीका एक युवकलाई सूचना प्रकाशित गरी कालोसूचीमा राखिएको जनाएको छ। आयोगले कालोसूचीमा राख्नेमा महोत्तरीको मनरा सिस्वा नगरपालिका-९ बथनाहाका प्रनितकुमार झा रहेका छन्।

झालाई एक वर्षका लागि कालोसूचीमा राखिएको आयोगले जनाएको छ। कर्मचारी भर्नाका लागि आयोगले गरेको विज्ञापनमा अनलाइनमार्फत झाले दरखास्त दिएका थिए। उनले अनलाइन फारम भर्ने क्रममा केही प्रमाण पेस गरेका थिएनन्।

प्रमाण अपुग रहेको भन्दै आयोगले इमेलमार्फत जवाफ मागेको थियो। झाले आयोगको इमेलको जवाफमा आयोगलाई गाली गर्दै अपशब्द प्रयोग गरी प्रतिक्रिया दिएको लोकसेवा आयोगले जनाएको छ। यसरी आयोगलाई गालीगलौज गरेको हुँदा उनलाई असोज ६ मा पत्रिकामा सूचना प्रकाशित गरी कालो सूचीमा राखेर कारबाही गरिएको आयोगले जनाएको छ।

loksewa.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार