काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ।
डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि हाल यो पद रिक्त छ। क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय दशैं अगाडि गरेको थियो।