काठमाडौं। साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ।
सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए।उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे।
साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए।