शुक्रवार, कार्तिक ७ गते २०८३

नुवाकोटमा बस दुर्घटना हुँदा ३० जना घाइते

सोमवार , कार्तिक १, २०७८

काठमाडौं। नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

बस नालीमा खसेर भित्तामा ठोक्किदा ३० जना घाइते भएको  नुवाकोट प्रहरी प्रवक्ता हरिबहादुर ओलीले दए। उनका अनुसार अहिले घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने काम भैरहेको छ। दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार