शुक्रवार, कार्तिक ७ गते २०८३

कालीगण्डकी करिडोरमा पहिरो खस्दा सडक अवरुद्ध

सोमवार , कार्तिक १, २०७८

काठमाडौं। कालीगण्डकी करिडोरमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। आइतबार साँझबाट परेको अविरल वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी गाउँपालिकाको वडा नम्वर २ अर्बेनीदेखि पुर्तिघाट सडकखण्डको कनौटा र उर्लेनीका विभिन्न स्थानमा पहिरो खसेको हो।

पहिरोका कारण सडक अवरुद्ध हुँदा अर्बेनीदेखि गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म जाने र पुर्तिघाटदेखि बुटवल जाने गाडी छुट्न सकेका छैनन्। निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको कालीगण्डकी करिडोर निर्माण कार्यदल नेपाली सेना हर्मिचौरले जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार