शुक्रवार, कार्तिक ७ गते २०८३

उपत्यकामा बढेको गाडी भाडा आजदेखि लागु, कुन गन्तव्यमा कति ?

सोमवार , कार्तिक १, २०७८

काठमाडौं। काठमाडौं उपत्यकामा नयाँ भाडा लागु भएको छ। उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको बढेको भाडा आजदेखि लागु भएको हो। नयाँ भाडा दरअनुसार काठमाडौं उपत्यकाका सार्वजनिक यातायात चढ्न साथ १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ।

उक्त भाडादर पाँच किलोमिटरसम्मका लागि लागु हुने जनाइएको छ। यस्तै‚ १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा कामय गरिएको छ।

काठमाडौं उपत्यकाबाहेक बागमती प्रदेशका अन्य जिल्लाहरुमा भने २३ प्रतिशतले भाडा वृद्धि गरिएको छ। यो भाडादरमा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकिलो पाँच रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन्।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ देखि  लागु हुने गरी नयाँ भाडादर कायम गरेको थियो। 
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार