काठमाडौं। साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली फुटबल टोलीका खेलाडीहरूलाई सरकारले जनही पाँच÷पाँच लाख रुपैयाँ दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खेलाडीहरूलाई पाँच-पाँच लाख र प्रशिक्षकहरूलाई तीन÷तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेर आज फर्किएको छ। फुटबल टोलीलाई एयरपोर्टमा भव्य स्वागत गरिएको थियो। नेपालसाफ च्याम्पियनमा पहिलो पटक फाइनलसम्म पुगेको थियो। फाइनलमा भारतसँग ३-० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रह्यो।