शुक्रवार, कार्तिक ७ गते २०८३

सडक अवरुद्ध हुँदा रानीमहल घुम्न गएका पर्यटक दुई दिनदेखि अलपत्र

मंगलवार , कार्तिक २, २०७८

काठमाडौं। रानीमहल घुम्न गएका पर्यटक पहिरोले सडक अवरुद्ध हुँदा अलपत्र बनेका छन्। अविरल वर्षासँगै गएको पहिरोले तानसेन–रानीमहल सडकखण्ड दुई दिनदेखि अवरुद्ध। पाल्पाको तानसेन नगरपालिकामा पर्ने रानीमहल घुम्न गएका पर्यटकहरु पहिरोले सडक अवरुद्ध हुँदा अलपत्र परेका हुन्।

रानीमहल क्षेत्रको हात्तीढुंगा, गाईघाट, बैकुण्ठभीर लगायत चार-पाँच ठाउँमा पहिरो गएको छ। पहिरो हटाउन सम्बन्धित निकायले ढिला गर्दा विभिन्न जिल्लाबाट घुम्न आएका दुई सय बढी पर्यटक अलपत्र परेका स्थानीय पर्यटन व्यवसायी बसन्त कुँवरले बताए।

कतिपय पर्यटकहरु पहिरोले रानीमहल पुग्न नपाई बीचमै रोकिएका छन् भने धेरैजसो फर्कन समेत नपाएको जनाइएको छ। सडक नखुल्दा काठमाडौं,पोखरा, बुटवल, कपिलवस्तुलगायतका ठाउँबाट घुम्न गएका पर्यटकहरु त्रिपाल टाँगेर तथा सवारी साधनमै सुत्न बाध्य भएका स्थानीय पर्यटन व्यवसायी कुँवरले बताए ।

पर्यटकहरु दुई दिनसम्म अलपत्र पर्दा समेत सम्बन्धित निकायले पहिरो पन्छाएर सडक खुलाउन चासो नदिंदा पर्यटकमा नकारात्मक छाप परेको कुँवरको भनाइ छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार