बिहिवार, आश्विन १५ गते २०८३

बगदादमा ३ सय जनाको ज्यान जाने गरी भएको आत्मघाती विष्फोटको योजनाकार पक्राउ

मंगलवार , कार्तिक २, २०७८

काठमाडौं। इराकको राजधानी बगदादमा सन् २०१६ मा ३०० जनाको ज्यान जानेगरी भएको आत्मघाती बम विस्फोटको योजनाकार पक्राउ परेका छन्। 

विस्फोटका योजनाकार इस्लामी कट्टरपन्थी गजवान अल-जाभबेलाई देशबाहिर गुप्तचर परिचालन गरेर समातिएको इराकी प्रधानमन्त्री मुस्तफा अल–कादिमीले जानकारी दिएको समाचारमा जनाइएको छ।

सन् २०१६ मा भएको उक्त विस्फोटमा ३ सयले ज्यान गुमाएका थिए। बगदादको कराडा जिल्लामा भएको सो आक्रमण सन् २००३ मा भएको अमेरिकी आक्रमणपछिको सबैभन्दा घातक बम विस्फोट थियो।

सन् २०१६ मा एक सपिङ सेन्टरनजिकै रमजानमा साँझमा बाहिर हिँडडुल गरिरहेका व्यक्तिहरू लक्षित विस्फोटक पदार्थले भरिएको एउटा लरी विस्फोट गराइएको थियो।

विस्फोटनपछि भवनको आगोमा जलेको चोटले गर्दा धेरै मानिसहरूको मृत्यु भएको थियो। प्रधानमन्त्रीले ती अतिवादीलाई कहाँ पक्राउ गरिएको बारेमा भने केही बताएनन्।
तर दुई इराकी गुप्तचर अधिकारीले भने इराकी सुरक्षा फौजले छिमेकी मुलुकको सहयोगमा उनको पक्राउ गरिएको समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार