शुक्रवार, कार्तिक ७ गते २०८३

सेती नदीमा फसे ५९ जना, महाकाली टापुमा फसेका ५ जनालाई हेलिकप्टरबाट उद्धार गरिँदै

मंगलवार , कार्तिक २, २०७८

काठमाडौं। महाकाली नदीको टापुमा फसेकाहरुलाई हेलिकप्टरबाट उद्धार गरिँदै छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा एकै परिवारका ५ जना महाकाली नदीको टापुमा फसेका छन्। उनीहरुको उद्धारको लागि हेलिकप्टर मगाइएको हो।

महाकालीमा जस्तै मोहन्यालको खिमडीमा पनि चार जन अलपत्र रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीले बताइन्। मन्त्री जोशीले सेती नदीको टापुमा ५५ जना फसेको बताइन्। उनीहरुको उद्धार गर्न  पनि हेलिकप्टर आवश्यक पर्ने उनले बताइन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार