काठमाडौं। भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा परी ३ नेपाली सहित १७ जनाको मृत्यु भएको छ। पाउरी जिल्लामा वर्षापछिको पहिरोमा बगेर मृत्यु भएका पाँच जनामध्ये तीन नेपाली श्रमिक रहेको जिल्ला म्याजिस्ट्रेट विजय कुमारले भारतीय समाचार संस्था एनडीटीभीलाई बताए।
उनिहरुको परिचयभ ने खुलेको छैन। आइतबारदेखि परेको भीषण वर्षापछिको बाढी र पहिरोमा केही मानिस हराइरहेका छन्। बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पुर्याएको छ भने पर्यटकहरू बिचल्लीमा परेका छन्। उत्तराखण्डमा अझै केही दिन वर्षा हुने भारतको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ।