काठमाडौं। अनसनरत रुवी खानले अनसन तोडेकी छन्। सरकार र अनसनरत रुवी खानबीच सहमति भएपछि खानले अनसन स्थगित गरेकी हुन्। सहमति लगत्तै गृह मन्त्रालयका पदाधिकारीहरू त्रिवि शिक्षण अस्पताल पुगेर रुवी खानको अनशन तोडाएका हुन् ।
खानको अनसन तोडाउन गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल र मानवअधिकारकर्मी मोहना अन्सारी त्रिवि शिक्षण अस्पताल पुगेका थिए । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकारले अनुसन्धान र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि सहमति भएको हो।
सरकारले उक्त घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाउनेछ। उक्त प्रकरणमा अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्जबाट रुवी खानसहितका महिला अधिकारकर्मीहरू काठमाडौँ आएर आमरण अनसन बसेका थिए। आन्दोलनको नेतृत्व खानले गरेकी थिइन्। उनी ११ दिनदेखि आमरण अनशनमा थिइन्।