शुक्रवार, कार्तिक ७ गते २०८३

हुम्लामा पहिरोले घर पुरियो, एकै परिवारका ६ जनाले ज्यान गुमाए

बुधवार , कार्तिक ३, २०७८

काठमाडौं। हुम्लामा पहिरोले घर परिदा ५ जनाको ज्यान गएको छ। मृत्यु हुने एकै परिवारका हुन्। जिल्लाको खार्पुनाथ गाउँपालिका-५ खर्पैलका धनवीरे शाहीको घर पुरिँदा उनको परिवारका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित उनकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाही, कलबहादुरका १३ वर्षीय छोरा अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र तीन वर्षीय जसबहादुर शाहीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेरम्भ शर्माले जानकारी दिए।

मंगलबार राति माथिबाट आएको पहिरोले घर पुरेको थियो। डीएसपी शर्माका अनुसार पहिरोले पुरिएर मृत्यु भएका चार जनाको शव निकालिएको छ। अन्य दुई जनाको पनि निकाल्ने क्रम जारी छ। नेपाली सेना, प्रहरी र स्थानियसहितको टोली उद्धारमा खटिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार