काठमाडौं। वमौसममा परेको वर्षात देशभर वितण्डा मच्चाएको छ। केही दिन देखिको अविरल वर्षापछि आएको बाढी–पहिरो र डुबानमा परेर देशभरमा ३१ जनाले ज्यान गुमाएका छन्।
ढी पहिरो र डुबानमा परेर विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको हो। गृह मन्त्रालयबाट बुधबार बिहानसम्म प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन्।
मन्त्रालयका अनुसार विपद्मा परेर २२ जना घाइते भएका छन्। सम्पर्कविहीन व्यक्तिको संख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्।
अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा ६, डोटीमा सात, धनकुटामा ६, सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको प्रमुख पाण्डेले जानकारी दिइन्।
पहिरोमा परेर हुम्लामा ६, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका बताइन्। अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको छ।