शनिवार, कार्तिक ८ गते २०८३

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, अझै ३१ बेपत्ता 

बुधवार , कार्तिक ३, २०७८

काठमाडौं। भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर देशभरहालसम्म ४८ जनाले ज्यान गुमाएका छन्। अन्य ३१ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौजना छन्। दुई जिल्लामा पहिराले मानवीय क्षति गराएको हो।

त्यसपछि पहिरोमा परी हुम्ला, धनकुटा र पाँचथरमा छ/छजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको छ।

पहिरोमा परेर सबैभन्दा बढी बझाङ्मा २३ जना बेपत्ता भएका छन्। यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन्। विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार