शनिवार, कार्तिक ८ गते २०८३

बाढीपहिरोबाट विस्थापितलाई सरकारले आवासको व्यवस्था गर्ने

बुधवार , कार्तिक ३, २०७८

काठमाडौँ। बाढीपहिरोबाट विस्थापित परिवारहरुका लागि सरकारले आवासको प्रबन्ध गरिदिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्ण गरेको हो। बैठकपछि गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरोबाट प्रभावित परिवारका लागि आवासको प्रबन्ध सरकारले गरिदिने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार सरकारले जग्गा खरिद र घर निर्माणका लागि छुट्टाछुट्टै रकम दिने निर्णय गरेको छ। हाललाई विद्यालय र सार्वजनिक भवनहरुको प्रयोग गरेर आवासको प्रबन्ध गरिएको र पहिरोले बगाएको ठाउँमा घर बनाएर बस्न सक्ने अवस्था नरहे जग्गा खोजी गरेर आवास पुनर्निर्माण गरिने उनको भनाई छ।

त्यसका लागि निजी आवास पुनर्निर्माणको हिमाली क्षेत्रमा ३ लाख, पहाडमा ४ लाख र तराईमा ५ लाख रुपैयाँ दिने सरकारको मापदण्ड रहेको उनले बताए। मन्त्री खाणका अनुसार त्यसबाहेक जमिन खरिद गर्न ३ लाख रुपैयाँ दिने निर्णय भएको छ।

यदि कसैलाई जमिन उपलब्ध नभएको अवस्थामा सरकारले नै सामूहिक आवास निर्माण गरिदिने उनले बताए। अविरल वर्षापछि आएको बाढी र पहिरोले देशभर ठूलो जनधनको क्षति पुगेको छ। तर, क्षतिको विवरण भने यकिन भइसकेको छैन।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार