शुक्रवार, कार्तिक ७ गते २०८३

बाढीपहिरो अपडेट : देशभर ७७ जनाको मृत्यु, २७ जना बेपत्ता

बुधवार , कार्तिक ३, २०७८

काठमाडौं। वोनैसमी वर्षाले बुधबार साँझसम्म ७७ जनाको ज्यान लिएको छ। विगत चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको हो। 

त्यसतै बाढी पहिरोमा परी २७ जना बेपत्ता छन्। २२ घाइते छन्। गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्‍याएको छ। पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन्।

पाँचथरपछि बढी मानवीय क्षति भएको जिल्ला इलमामा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन। ३ जना बेपत्ता छन् । यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन्। 

त्यस्तै पहिरोमा परी धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ। यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २-२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक/एक जनाको मृत्यु भएको छ।

बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५/५, बैतडी र इलाममा २/२, कालीकोट र डडेलधुरामा एक/एक जना घाइते भएका छन् भने बझाङमा २१, इलाममा ३, प्युठानमा २ र जुम्लामा १ जना बेपत्ता भएको मन्त्रालयको तथ्यांक रहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार