काठमाडौं। वेमौसमी वर्षाले देशभर ८८ जनाको ज्यान लिएको छ। अझै ३० जना वेपत्ता छन्। साथै भित्राउन ठिक्क पारिएको धानबाली नष्ट गरेको छ।
गत आइतबारदेखी परीरहेको वर्षापछि बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ।
मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन्। अधिकांशको पहिरोका कारण ज्यान गएको हो। आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ। बाढी पहिरोमा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ। इलाम र डोटीमा १३/१३ जनाको मृत्यु भएको छ।
यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो । विपद्बाट २० जिल्ला प्रभावित भएको छ। बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका