काठमाडौं। सामलिङ्ग पावर कम्पनीको साधारण सेयर (आईपीओ) आजदेखी बिक्री खुलाएको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० कित्ता सेयर बिक्री खुलाएको हो।
कुल आईपीओमध्ये १४ हजार ६०० कित्ता सेयर कर्मचारीलाई र ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। कम्पनीको सेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन्।