शुक्रवार, कार्तिक ७ गते २०८३

हुम्लाको तुम्लिङमा फसेका १२ जनाको हेलिकप्टरमार्फत उद्धार

बिहिवार , कार्तिक ४, २०७८

काठमाडौं। हुम्लाको नाम्खा गाउँपलिका-६ लिमीको तुम्लिङमा फसेका १२ जनाको उद्धार गरिएको छ। हेलिकप्टरमार्फत १२ जनालाई नै तुम्लिङबाट सिमकोट ल्याइएको हो।

असोज २२ गते ट्रेकिङका स्लोभेनियाका चार विदेशी पर्यटक, तीन टुरिस्ट गाइड र पाँच स्थानीय हिल्साहुँदै लिमी उपत्यका गएका थिए। ट्रेकिङ सकेर सिमकोट फर्कदै गर्दा बाक्लो हिमपातका कारण तुम्लिङमा फसेका थिए।

तुम्लिङबाट सिमकोट आउने मुख्य बाटो न्यालु लेकमा बाक्लो हिमपातले चार दिनदेखि अवरुद्ध छ। ट्रेकिङ एजेन्सीको सहयोगमा १२ जनाकै हेलिकोप्टरबाट उद्दार गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार