शुक्रवार, कार्तिक ७ गते २०८३

बागमतीमा काँग्रेस र एकीकृत समावादीबीच सरकार चलाउन यस्तो सहमति

बिहिवार , कार्तिक ४, २०७८

काठमाडौं। बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले आधा आधा समय सरकार संचालन गर्ने भर्ने भएका छन्। एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो। 

बुधबार साँझ काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो। गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्ने जनाइएको छ। 

एमाले विभाजनसंगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन्। आज प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु भएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार