शुक्रवार, कार्तिक ७ गते २०८३

बेमौसमी वर्षाले गरेको क्षतिको विवरण तत्काल पठाउन गृहको निर्देशन

बिहिवार , कार्तिक ४, २०७८

काठमाडौं। गृह मन्त्रालयले वर्षाले गरेको क्षतिको विवरण तत्काल पठाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। बेमौसमी वर्षाका कारण भएको क्षतिको विवरण तत्काल पठाउन मन्त्रालयले बुधवार प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको हो। 

गत शनिवार अपराह्नबाट भएको बेमौसमी वर्षाका कारण पश्चिम नेपाल तथा पूर्वी नेपालमा सबै भन्दा बढी क्षति पुर्‍याएको छ। यसै गरी भित्र्याउने तयारीमा रहेको हजारौँ हेक्टर धान बाली पानीले नष्ट गरेको छ। यस्तै पहिरोका कारण अन्य कृषि बालीमा समेत असर परेको छ। कतिपय स्थानमा धान बाली लगाएको खेत नै बाढीले कटान गरी बगाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार