शुक्रवार, कार्तिक ७ गते २०८३

सुरक्षा निकायमा कसैलाई पनि (तँ) सम्वोधन नगर्न गृहमन्त्रीको निर्देशन

शुक्रवार , कार्तिक ५, २०७८

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीमा सबैलाई समान सम्मानार्थी भाषा प्रयोग गर्न निर्देशन दिएका छन्। बोलीचालीको भाषामा सम्मानार्थी शव्द प्रयोग गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई निर्देशन दिएका हुन्।

उनले जनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन दिए। नेपाल प्रहरी तथा लगायत अन्य अन्य सुरक्षा निकायमा माथिल्लो तह अर्थात पदकाले तल्लो तह र पदकालाई (तँ) भनेर सम्वोधन गर्ने चलन छ। 

जसले सुरक्षा निकायमा समेत उचनिच विभेद देखाउँछ। यस्ता विभेदको वेलाबखतमा कुरा उठ्ने गरेको छ। तर गृहमन्त्री खाणले नेपाल प्रहरी लगायत संगठनगको छवी राम्रो बनाउन भन्दै यस्तो निर्देशन दिएका हुन्। 

सम्मानसहितको सेवा सञ्चालन गर्न पहिलो संगठनभित्र एकले अर्कालाई सम्मान गर्नुपर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शव्दको प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी भएको हो ।

मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अब सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने निर्देशन गृहमन्त्री खाँणले दिएको उनको सचिवालयले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार