काठमाडौं। पूर्व–प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिपलाइनमा रमाएका छन्।
रिफ्रेस हुन परिवारसहित धुलिखेल पुगेका प्रचण्डले जिपलाइनको मजा लिएका लिएका हुन्। बिहीबार साँझ धुलिखेल पुगेका प्रचण्डले क्लासिक जिपलाइनमा सयर गरेका हुन्।