काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेश सभामा विश्वासको मत मागेका छन्। उनले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान हुने भएको छ।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन्। मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी थप प्रक्रिया आइतबार बस्ने बैठकमा हुने जानकारी गराए।
सभामुखका अनुसार आइतबार दिउँसो १२: ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु हुने छ। एमाले विभाजनसंगसंगै मुखयमन्त्रि बनेका मुख्यमन्त्री अल्पमतमा परेका छन्। उनको पदको छिनोफानो आइतबार हुने भएको छ।