काठमाडौं। न्यायलयको गरिमा जोगाउन प्रधानन्याधिसले निकास दिन पूर्वन्यायाधीश फोरमले आग्रह गरेको छ। पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा एकपछि अर्को विवादमा परेको भन्दै न्यायपालिकाको गरिमा जोगाउन निकास दिन आग्रह गरेको हो।
फोरमले छैठौं साधारण सभाका क्रममा न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण प्रस्तुत गर्दै जबराले निकास नदिने हो भने उनीमाथि निष्पक्ष छानबिन गर्न प्रतिनिधि सभालाई आह्वानसमेत गरेको छ। मन्त्रिपरिषदमा भागबण्डा खोजेको प्रकरणलगायत विषयमा विवादित बनेका जबराले स्वयं निकास दिनुपर्ने फोरमले जनाएको छ।
यस्तो छ फोरमको विश्लेषण

