शुक्रवार, कार्तिक ७ गते २०८३

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १११ पुग्यो, ३७ जना अझै वेपत्ता

शुक्रवार , कार्तिक ५, २०७८

काठमाडौं। बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ। अझै ३७ जना वेपत्ता छन्। आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ।

बाढी पहिरोमा परी प्रदेश १ मा सबैभन्दा बढी ६५ जनाको मृत्यु भएको छ। त्यस्तै बागमतीमा १ जना, गण्डकीमा २ जना, लुम्बिनीमा ४ जना, कर्णालीमा ७ जना र सुदूरपश्चिममा ३२ जनाको मृत्यु भएको छ। 

बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ११ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ। साथै १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते भएका छन्।

विपद्का घटनाबाट १ हजार १ सय ८८  वटा घर परिवार विस्थापित भएका छन्। बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन्। ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार